पूर्व राजाले जिते कोरोनालाई

काठमाडाैं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोनालाई जितेका छन् । ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा भएको कुम्भमेलामा गएपछि कोरोना संक्रमित भएका थिए । उनको स्वास्थ्यमा असर गर्न थालेपछि उनी काठमाडौं स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । हाल शाहले कोरोनालाई जितेका छन् । उनी अब कोरोना संक्रमणमुक्त भएको अस्पतालले जनाएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा १८ दिनदेखि उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।