टेकु अस्पतालमा कीट अभाव, परीक्षण प्रभावित

काठमाडौं ।  कोरोनाका बिरामीको चाप र कीटकाे अभावका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मंगलबारदेखि  कोरोना परीक्षण रोकेको छ। कोरोनाको पीसीआर परीक्षणमा आवश्यक एक्स्पान्सन किट अभावका कारण परीक्षण रोकेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिएका छन्। साेही कारण पीसीआर परीक्षणमा प्रभाव परेकाे हाे ।

‘पीसीआर परिक्षण गर्दा भाइरसलाई एक्स्पान्ड गर्ने एक प्रकारको किट हुन्छ। त्यको सट्टामा अर्को कम्पनीको प्रयोग गर्न मिल्दैन। त्यसको अभावका कारण हामीले परिक्षण रोकेका हौँ,’ उनले भने,‘पहिला दैनिक २ सयको हाराहामीमा कोरोना परिक्षण गर्दै आएकोमा अहिले दैनिक ६ सयको हाराहारीमा कोरोना परिक्षणका लागि आइरहेको हुँदा किटको अभाव सिर्जना भएको हो।’

अब केही समय अस्पतालले काेराेना परीक्षण गर्न नसक्ने भएकाे हाे ।