सगरमाथा आरोहणको क्रममा दुई जनाको निधन

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुईजनाको निधन भएको छ । एक स्वीस र एक अमेरिकी आरोहीको बुधबार राति निधन भएको सेभेन समिट ट्रेकका सञ्चालक मिग्मा शेर्पाले जानकारी दिएका छन् ।

 

स्वीट्जरल्याण्डका अब्दुल वाराइच र अमेरिकाका पुवेइ लिउको निधन भएको हो । अब्दुलको आरोहण गरेर फर्किने क्रममा साउथ समिटमा निधन भएको हो । लिउको हिलारी स्टेप बेहोस भएका थिए । उनलाई क्याम्प फोरसम्म ल्याइए पनि बचाउन भने नसकिएको शेर्पाले बताए । मौसम सुधार भएपछि दुवै जनाको शव तल ल्याइने सेभेन समिटले जनाएको छ ।