१०२ र ११८० हटलाइन एम्बुलेन्सले पैसा मागे कारबाही गरिन्छः मेयर शाक्य

काठमाडौं महानगरपालिकाले निःशुल्क सञ्चालन गदै आएको एम्बुलेन्स सेवामा कसैले पनि पैसा उठाएको पाइएमा कारबाही हुने जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले यस्तो बताएको हो । महानगरपालिकाले कोभिड संक्रमित व्यक्तिका लागि १०२ हटलाइन मार्फत अक्सिजनको सेवा सुविधासहित १० वटा एम्बुलेन्स र अन्य बिरामीका लागि ११८० हटलाइन मार्फत निःशुल्क रुपमा सेवा दिँदै आएको छ । सोही एम्बुलेन्समा कतिपय अवस्थामा बिरामीसँग शुल्क मागेको भन्ने सूचना आएपछि त्यसकाप्रति महानगरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा देखापरेसँगै नेपाल सरकारले संक्रमण हुन नदिन लकडाउन सुरु गरेको थियो । लकडाउनका समयमा आम महानगरवासीलाई संक्रमण हुन नदिन र संक्रमण रोकथाम गर्नका लागि महानगरपालिकाले आफ्नो मातहतका ३२ वटै वडामा जनप्रतिनीधि एवं कर्मचारीहरुलाई परिचालन गरेको पनि बताएको छ । काठमाडौं महानगरका मेयर शाक्यको विज्ञप्तीमा भनिएको छ १०२ र ११८० एम्बुलेन्सले पैसा मागे कारबाही गरिन्छ ।