चाैबिस घण्टामा कोरोनाबाट २०३ जनाको मृत्यु

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ८ हजार ५ सय २०  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको तथ्यांकमा यस्ताे जनाइएकाे हाे त्यसैगरी  २४ घन्टामा कोरोना भाइरसका संक्रमणबाट २०३ जनाको मृत्यु भएकाे पनि मन्त्रालयले जनाएको छ ।

आज ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख २७ हजार ६ सय ५३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।