बालिका बलात्कारकाे आराेपी गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा दर्ता

सुनसरी । बालिका बलात्कारकाे आराेप खेप्दै आएका गाउँपालिका अध्यक्षविरुद्ध अदालतमा मुद्दा दर्ता भएकाे छ । प्रहरीले  बालिकालाई बलात्कार गरेको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई यसअघि पक्राउ गरेकाे थियाे ।

उनी विविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको हाे  । यादवविरुद्ध जबरजस्ती करणी मुद्दा आइतबार दर्ता भएको जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले जानकारी दिए । गाउँपालिकामा जागिरको प्रलोभन दिएर सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएकी १७ वर्षीया बालिकालाई धरानको एक होटलमा बलात्कार गरेको आरोपमा यादवलाई प्रहरी गत वैशाख ८ गते पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धरानले जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गर्दै अनुसन्धान सकेपछि मुद्दा दर्ता गरेको हो ।