रहेनन् प्राज्ञ राजेन्द्र सुवेदी

काठमाडाैं । प्रा राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ। सुवेदी संक्रमण भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचाररत थिए । उनको सोमबार बिहान निधन भएको हाे । समालोचक, निबन्धकार तथा कवि सुवेदी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख रहेका थिए।

त्यस्तै उनी गोरखापत्र संस्थानका पूर्वअध्यक्ष एवम् महाप्रबन्धसमेत रहेका थिए। उनले दशकाैंसम्म त्रिभुवन विश्वविद्यालय विद्यालयमा प्राध्यापन गरेका थिए । सुवेदीबाट दीक्षित छात्रहरूले उनकाे निधनमा दुख व्यक्त गरिरहेका छन् ।   प्रा. सुवेदीका कविता, समालोचना, निबन्धलगायतका दुई दर्जन बढी पुस्तकहरू प्रकाशित छन्। धेरै कृतिहरूमा उनकाे भूमिकाहरू देख्न सकिन्छ । समालाेचक सुवेदी नेपालका प्राज्ञ जगतका एक अग्रगण्य व्यक्तित्व हुन् ।