स्पेनी सहयोगको स्वास्थ्य सामग्री आज आइपुग्ने

काठमाडाैं । स्पेनले नेपाललाई कोभिड-१९ प्रतिरोधी स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । स्पेनस्थित एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसनमार्फत उक्त सामाग्री नेपाललाई प्रदान गरिने छ।स्वास्थ्य सामाग्री बोकेको चार्टड फ्लाइट म्याड्रिडबाट काठमाडौंका लागि उडिसकेको र आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने  भएको छ । ।

करिब १४ करोड नेपाली रुपैयाँ(एक मिलियन युरो)बराबरको स्वास्थ्य सामग्रीमा १५ वटा रेस्पिरेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, एक लाख ४४ हजार फेस मास्क र एक लाख २५ हजार एन्टिजेन टेस्ट कीट रहेको बताइएको छ। उक्त सहयोग सामाग्री स्पेनको स्वास्थ्य मन्त्रालयले नेपालका लागि प्रदान गरिएको र कर्पोरेसनका निर्देशक म्याग्डी सोलीमानले विमानस्थलमा नेपाली प्रतिनिधिलाई हस्तान्तर गर्ने  बताइएकाे छ ।