ओलीले बोलाए पार्टी स्थायी कमिटी बैठक

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो २ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।  बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहसँग भएको वार्ताबारे कार्यदलका संयोजक सुवास नेम्बाङले ब्रिफिङ गर्ने भएका छन्। कार्यदलको हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा उपनिर्वाचनमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको असहयोगबारे पनि छलफल हुने एजेन्डा छ। एमालेलाई एक बनाउन वार्ता भइरहेका बेला सूर्य चिन्हबाहक बादललाई साथ नदिइ नेता नेपालले कलम चिन्ह लिएका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई जिताउन लागेपछि फेरि समस्या बल्झिएको अनुमान गरिएको छ।