घरमै  पीसीआर परीक्षण गराउँदा केही धेरै शुल्क तिर्नुपर्ने

काठमाडाैं । अब घरमै  पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्न पनि सकिने भएको छ । घरमा नै यसरी परीक्षण गर्दा शुल्क भने केही धेरै तिर्नुपर्ने हुन्छ ।  घरमा गएर स्वाब सङ्कलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पीसीआर परीक्षण गर्ने गरेका छन् ।

आफूखुशी पीसीआर गराउनेलाई एक हजार तथा निजी प्रयोगशालाले दुई हजार लिने गरेका छन् । मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोभिड–१९ पीसीआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने उल्लेख गरिएको छ ।