खोपको पहल भइरहेको आलेटाले गफ चुट्नमै व्यस्त छ सरकार

कास्की ।  सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। सबै स्थानीय तहको कुरा एकै छ खोपको पहल भइरहेको छ । खोपको पहल भइरहे पनि खोप आउने कहिले हो पत्तो छैन । सरकारका सबै नकिायहरु खोपको पहल गरिरहेको बताउँछन् । सरकारले कोभडि नियन्त्रणमा राम्रो काम गरिरहेको बताए पनि सर्वसाधारणको ज्यान जान रोकिएको छैन । सँधै पहल मात्र गरिरहेको भन्ने खबरले जनता आजित भइरहेका छन् । विदेशी अनुदानकै खोप लगाउनु छ भने सरकार के का लागि ?

सरकारले त यो भन्दा अघि नै कोरोना नियन्त्रणका लागि पहल गर्नुपर्ने थियो । कोभिडका कारण पाँच हजारमाथि सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । सरकार भने पहल गरेका छौं भन्दै टारेर बसेको देखिन्छ । उपचारको सामग्री पनि विदेशी दाताले भिक्षामा दिएको र विदेशमा रहने नेपाली दाजुभाइको कृपाले प्राप्त भइरहेको छ । त्यसमा पनि सांसदले आफ्नो निर्वाचन क्षेत्रमा मतदाता रिद्धाउन मनोमानी ढंगले वितरण गरिएको देखिएकै छ । खोपको तत्काल व्यवस्था गर्नपर्छ भन्ने जान्दाजान्दै पनि सरकार पहल गरेका छौं भन्दै आलेटाले गफ चुटिरहेको छ ।