राजनैतिक दाैडधुपको कारण के ?

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नजाने बताएका छन्। सिंहदरबारमा बसेको जसपाको बैठकपछि उनले सरकारले राजनीतिक निकास दिने बताए। संसदीय दलको बैठक सांसदहरुसँग भेटघाटका लागि मात्रै राखिएको उनको भनाइ थियो। उनको यो भनाइको तात्पर्य नयाँ सरकारको पक्षमा महन्थ ठाकुर समूह नरहेको प्रष्ट हुन्छ । अर्कोतर्फ बाबुराम नयाँ सरकारको पक्षमा छ ।  अर्कोतर्फ कांग्रेसको सरकार बनाउन सभापति देउवा दाैडधुपमा छन् । त्यस्तै  नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठबाट छलफल सकेर  बाहिरिएका छन् ।

संविधानविदहरू पनि दाैडधुपमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । यसले राजनैतिक दाउपेच एकदमै माथि पुगेको छ । प्धानमन्त्री दिनभर सुतेरै बस्नेछन् । किनकी उनी जान्दछन् नकुदी बाजी मार्न । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलपफल गर्न  पुगेका छन्। उनको निषकर्ष के निस्कने हो हेर्न बाँकी नै छ ।

वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा (जसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम चर्चाको शिखरमा भए पनि ठाकुरको तर्क मान्ने हाे भने  हिजोमात्रै संविधान संशोधनका लागि कार्यदल बनेको र मधेसवादी दल स्वार्थ केन्द्रित राजनीतिमा छैन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन्। बिहीबार साँझदेखि प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको चर्को आलोचना भएसँगै आज दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लागेकाे बताइएकाे छ । यी घटनाहरू निकै चासाेमा रहे पनि राजनीतिले जनता बचाउने काम गर्न सकेको छैन । कुर्सीको लुछाचुँडीबाट भागेर जनताको रक्षार्थ कुनै दल वा दलका नेता लागेको थाहा छैन ।