जङ्गली च्याउ एक जनाको लागि बिख भएपछि…

सङ्खुवासभा ।  खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको ज्यान गएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको ज्यान गएको हो ।

च्याउ खाएर बिरामी परेका लालबहादुरला ई   उपचार गर्नका लागि  आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियाे ।उनको उपचारकै क्रममा ज्यान गएको हाे  । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाएपछि लालबहादुर र उनकी आमा  राधिकासमेत बिरामी भएका थिए ।

जंगली च्याउमा ज्यान जानसक्ने  बिखसमेत मिसिएको हुनाले यसको सेवन नगर्न धेरै समयदेखि जनचेतना जगाउने काम हुँदै आएको छ । जनचेतना जगाउँदा जगाउँदै पनि ग्रमीण भेगमा जंगली च्याउ खान राेकिएको छैन ।