गुणस्तरहीन स्यानिटाइजर उत्पादक पक्राउ

काठमाडाैं । गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन र बिक्री गरेको आरोपमा पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

ललितपुरको कुपण्डोलबाट पक्राउ परेको अपराध महाशाखाले जानकारी दिएको छ ।  प्रहरीका अनुसार भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्रान्डको लोगो नक्कल गरी स्टिकर टाँसेर स्यानिटाइजर विक्री गरेका पाइएको थियो ।  उनले विक्री गरेको स्यानिटाइजरमा हानिकारक पदार्थ मिथानोल धेरै राखिएको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।