महामारीको बेला बौद्धबाट ७ जना जुवाडे पक्राउ

काठमाडौं । महामारीको बेला काठमाडौंको  बौद्धबाट तास खेल्दै गरेको अवस्थामा महानगरीय प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमबाट प्रहरीले ७ जना जुवाडलाई पक्राउ गरेको हो ।

प्रहरीले  विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरीको भनाइ छ  ।