प्रतिनिधिसभा विघटन विरुद्धका सबै मुद्दा संवैधानिक इजलाशमा हेरिने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दा संवैधानिक इजलाशमा पठाउने निर्णयगरेका छन् । राणाले बिहीबार प्रतिनिधिसभा विघटनविरूद्धका १९ वटा रिट उनले आफ्नै एकल इजलाशमा राखेका हुन् । ती रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलाशमा पठाउने निर्णय गरिएको छ । संवैधानिक इजलाशका लागि यसअघि नै ११ वटा रिट दर्ता छन्, जसको सुनुवाइ भोलि शुक्रबारटबाट हुनेछ । सर्वोच्चमा प्रतिनिधिसभा विघटन विरुद्ध रिटका चाङ लागेका छन् ।