कंगो ज्वालामुखी विस्फोटपछिको भागदाैडमा सयाैं बालबालिका बेपत्ता

एजेन्सी ।  कंगोमा हालै भएको ज्वालामुखी विस्फोटपछिको भागदाैडमा सयाैं बालबालिका बेपत्ता भएका छन् ।

सेभ द चिल्ड्रेनको डाटा मान्ने हो भने १ सय ७० जना बालबालिका हराएका छन् ।

उनीहरुको अवस्था अज्ञात रहेको पनि साे डाटामा बताइएकाे  छ ।

त्यसैगरी ज्वालामुखी विस्फोटमा   परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको  प्रारम्भिक तथ्य छ ।

त्यस्तै   सयौं नागरिक बेपत्ता भएका छन् । उनीहरू बाँचेका छन् वा ज्वालमुखीमा परेका छन् भन्ने जानकारी प्राप्त  भइसकेकाे छैन ।