मेस्सी बार्सिलोनामै थप दुई वर्ष बस्ने

एजेन्सी ।  लियोनेल मेस्सी बार्सिलोनामा थप दुई वर्ष बस्न सहमत भएको स्पेनका सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।  क्लबका अध्यक्ष जोआन लापोर्ताले मेस्सीका बुवा जोर्गेलाई सन् २०२३ को जुन महिनासम्मका लागि सम्झौता गराउन सहमत बनाएका छन् । स्पेनी न्युज वेबसाइट एल कन्फिडेन्सियलका अनुसार, मेससीलाई क्लबमा राख्न सफल भएपछि अब बार्सिलोनाले अर्का अर्जेन्टिना खेलाडी सर्जिओ अग्वेरोलाई पनि भित्र्याउने भएको छ । अग्वेरोले म्यानचेस्टर सिटीबाट बिदाइ लिइसकेका छन् ।