बारपाकमा दुई सातामा १२ जनाको मृत्यु, कोरोना हो कि होइन थाहा छैन

काठमाडौं ।  गोरखा बारपाक सुलिकोट गाउँपालिकामा  कोरोनासँग मिल्दाेजुल्दो संक्रमणका कारण सिंगो गाउँ नै सोत्तर भएको छ । सुलिकोट गाउँपालिकाले सो संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुरोध गरेको छ।  संक्रमणका कारण दुई सातामा १२ जनाको मृत्यु भएको पालिकाले जनाएको छ । तथापि याे कोरोना हो कि होइन थाहा  भने भैसकेको छैन ।

चिकित्सकहरूले  मृतक सबैमा कोरोनाको लक्षण देखिएको जानकारी दिएका छन्। गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न नसक्ने जानकारी दिएका छन् ।  जोखिम उच्च भएकाले तत्काल त्यहाँ प्रदेश र संघीय सरकारले चिकित्सकसहितको टोली पठाइदिए हुन्थ्याे भन्ने पालिकाको मनसाय छ ।