खोप पर्खंदै मृत्यु कुर्नुको विकल्प छैन नेपालका लागि

काठमाडाैं । सबै नागरिकले कोरोनाको खोप लगाउन लगभग सात महिना कुर्नुपर्ने भएको छ ।  सरकराले बनाएकाे योजनामा यस्तो देखिएको हो । यसले खोप पर्खेर मृत्यु कुर्नुको विकल्प छैन नेपालका लागि भनेजसाे भएको छ ।  सरकार भने आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाउने दाबी गरिरहेकाे छ । यही दाबी पनि अफबाह हुने त होइन भन्ने अर्को भ्रम छँदैछ ।   परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्- ‘चीनबाट ५० लाख, अमेरिकाबाट ५० लाख र भारतबाट १७ लाख मात्रा खोपका लागि परिपत्र गरिएको छ । अस्ट्रेजेनिकाको खोप स्टकमा रहेकाले अमेरिकासँग खोप उपलब्ध गराउन आग्रह गरिएको तर प्रक्रिया झन्झटिलो भएकाले केही ढिलो हुन सक्ने देखिएको छ ।’    आमनागरिकलाई सन् २०२१ भित्र  खोप लगाउनेगरी सरकार अघि बढिरहेको उनको तर्क छ ।

कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको स्वास्थ्य मन्त्रालयले तयार पारेको तथ्यको दाबी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने बताउँछन् ।  कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख भोलि आइतबार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्ने सरकारी दाबी छ । त्यस्तै, भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको भनिए पनि भारत खोप दिन सक्ने अवस्थामा छैन । किनकी भारत नै खोपको खोजमा भाैंतारिरहेको छ ।  सरकारअमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाएको दबी गर्छ । तर, ती कम्पनी र देशको प्रथमिकतामा नेपाल परे नपरेको कुरा बताउँदैन । नपुग खाोप भने सरकार अनुदानकै भर परिरहेको छ । यदि सरकारले दाबी गरेको समयमा खोप प्राप्त भइहाले पनि पुससम्म जनता यसैगरी मरिरहने निश्चितप्राय छ ।  ।