किन बम्किए प्रधानन्यायाधीश ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासका लागि आफ्ना पक्षका  न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई तोकेपछि अदालतमा अन्य न्याधीशहरूको असन्तुष्टि देखिन्यो ।  दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार बिहानैदेखि संवैधानिक इजलास गठनका बारेमा  प्रतीक्षा गरिरहेका अन्य न्याधीशको असन्तुष्टि भएपिछि   प्रधानन्यायाधीश बम्किएका थिए  । उनले गठन गरेको इजलासलाई धेरैले ‘प्रधानन्यायाधीशको बहुमत हुने इजलास’ भनेर टिप्पणी गरेपछि  प्रधानन्याधीश बम्किएका हुन् ।