काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासका लागि आफ्ना पक्षका न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई तोकेपछि अदालतमा अन्य न्याधीशहरूको असन्तुष्टि देखिन्यो । दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार बिहानैदेखि संवैधानिक इजलास गठनका बारेमा प्रतीक्षा गरिरहेका अन्य न्याधीशको असन्तुष्टि भएपिछि प्रधानन्यायाधीश बम्किएका थिए । उनले गठन गरेको इजलासलाई धेरैले ‘प्रधानन्यायाधीशको बहुमत हुने इजलास’ भनेर टिप्पणी गरेपछि प्रधानन्याधीश बम्किएका हुन् ।
Add Comment