चुनावका लागि ठोस बजेट नछुट्याएकाले सरकारले चुनाव नचाहेको बुझिन्छ : वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले  चुनावी बजेट नै नराखेर  गैरजिम्मेवार तवरले  बजेट दल्याएको बताएका छन् । उनले यो सरकारले चुनव गराउन पनि नचाहेको बताएका छन् । उनी भन्छन्- ‘प्रतिनिधिसभा चुनावका लागि आवश्यक बजेट छुट्याएको  भनेर  ठोस बजेट नदिएर अर्थमन्त्री पन्छिएको कारण पनि यो सरकार चुनाव चाहँदैन भन्ने बुझिन्छ । ’  पूर्वअर्थमन्त्री पुनले  सरकार चुनाव पनि चाहँदैन र संसद पनि भनेका छन् । त्यस्तै उनले   सरकारले संवैधानिक दायरा र राजनीतिक मर्यादा नाधेकाे समेत बताएका छन् ।  बजेट विगतको कमजोरी ढाकछोप गर्ने अस्त्र मात्र भएकाे पनि पुन बताउँछन् । अध्यादेशबाट बजेट ल्याउनु अत्यन्तै घृणित भएको पनि पुनको भनाइ छ ।