कामको नाममा सिन्को नभाँचिए पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट ?

काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत  कामको नाममा सिन्को नभाँचिए पनि  आगामी आर्थिक वर्षमा थप दुई लाख रोजगारीको अवसर प्रदान गर्ने भन्दै १२ अर्ब रूपैंया विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा एउटा पनि उल्लेख्य काम भएको छैन । यो योजनाको नाममा हालसम्म कुनै पनि नागरिकले रोजगार पाएका छैनन् । जबकी योजनाको नाम सुनिएको  एक वर्ष बितिसकेकाे छ । उक्त कार्यक्रममार्फत ८० हजार बेरोजगारले न्यूनतम् रोजगारीको अवसर प्राप्त गरेको भन्दै प्रधानमन्त्री आत्मरतिमा रमाए पनि त्यो आकडा नै सही छैन । प्रधामन्त्री ओलीका आसेपासेलाई भत्ताका नाममा रकम बाँढिएको भए कुरा अर्कै हो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट न्यूनतम ज्याला पाएको छु भन्ने नागरिक आजसम्म भेटिएको नै छैन । बजेट खर्च भएको ठाउँ पनि देखिँदैन । सरकारले चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु १० अर्ब बजेट विनियोजन गरेको थियो । बजेट केमा खर्च भएको हो भन्ने एकिन भएको छैन ।