मोटरसाइकल चोरी गर्ने दुई जना प्रहरीको हात लागे

काठमाडौं । चोरी गरी लुकाइराखेका मोटरसाइकलसहित दुईजना प्रहरीको हात लागेका छन् ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२, नरेफाँट बस्ने पर्सा, वीरगन्ज, परवानीपुरका २१ वर्षीय विशाल थापामगरसहित दुईजना छन् ।काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले उनीहरुले लुकाएर राखेको चार मोटरसाइकल र दुईवटा स्कुटरसमेत बरामद गरेको जनाइएको छ ।