काठमाडौं महानगरमा सङ्क्रमण कम हुँदै

काठमाडौं । केही दिनसम्म काठमाडौं महानगरपालिका (कामपा)मा कोरोना भाइरसको सङ्क्रमण जोखिममा थियो । अहिले भने संक्रमण  केही कम हुँदै गएको तथ्यहरूले देखाएका छन्  ।  अस्पतालहरूमा सङ्क्रमितको सङ्ख्या र परीक्षण गराउनेको सङ्ख्या पनि  कम  देखिएकाले यस्तो बुझिएको हो । कामपाले विभिन्न १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो । यसदे पनि राहत मिलेको चिकित्सकहरूको दाबी छ । त्यसैगरी कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । जसका कारण पनि नागरिकले सहज स्वास्थ्य सुविधा पाएकाे महानगर बताउँछ । संक्रमण  केही कम हुँदै गए पनि स्वास्थ्यमापदण्ड पालना गरिदिन महानगरले सर्वसाधारणसँग अपिल गरेको छ ।