खोपभन्दा पहिल्यै भोकले मरिन्छ कि !

काठमाडाैं । भोक  यस्तो चीज हो जो हरेक जीवित प्राणी चाहन्छन् । मानवलगायत सम्पूर्ण सजीव जीवहरू खानाकै  कारण बाँचिरहेका हुन्छन् । सबैका छुट्टाछुट्टै खाने कुरा हुने भए पनि खाना अपरीहार्य मानिन्छ । त्यसैले मान्छेको लागि गाँस बास र कपास अपरीहार्य रहेको कुरा हजाराैं सालदेखि उठेको हो । यी तीनमध्ये गाँस पहिलो प्राथमिकताकाे कुरामा पर्दछ । जोविना मान्छे धरतीमा रहनै सक्दैन ।  यसै सन्दर्भमा कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो । सरकार यसमा सरकारको दोष नभएर कोरोनाको देष भएको बताउँदै बसेकाे सर्वविदितै छ ।

धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी धनिराम चौधरी निषेधाज्ञापछि काम नपाउँदा हिजोआज बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भइरहेको बताउँछन् । उनी दैनिक मजदुरी गरेर पाँच जनाको परिवारको जहान पाल्दै आएका छन् ।   “निषेधाज्ञा भएको एक महिनाभन्दा बढी भइसक्यो, अझै कति लम्बिने हो कुनै निश्चित छैन”, चौधरीले भने, “हामी दैनिक मजुदरी गरेर आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकालाई परिवार पाल्न निकै धौधौ भएको छ ।” कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको हो । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको धनगढी–२ कै हर्कबहादुर नेपालीले दुखेसो पोखे । जनताको यो अवस्था सुन्दा सरकारको मन पोल्छ कि पोल्दैन होला ?

राहतका बोराहरूमा पनि धनीमानीहरूकै पँहुँच छ । राहतको नाममा कराैंडाैंको पेशा नै सञ्चालन भएको पनि देखिएकै हो । कतिपयको त खेती नै विपतमा राहतको नाममा लुट मच्चाउने भइरहेको छ । न तिनीहरू कारबाहीमा पर्छन् । न त उनको खेती रोकिन्छ । बश, विदेशमा बसेका नेपाली नागरिकसँग इमाेस्नल अत्याचार गर्याे लुट्यो ।  गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको उनको भनाइ छ । “बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ ’ उनी गुनासो गर्छन् । मान्छेको भोक समन गर्न सरकार र तिनका अंगहरूको तदारूकता नहुँदा अझै समस्या भयावह हुने अवस्थामा पुगेको छ । भोक समन गर्न मजदुर वर्ग सक्षम छैनन् । यसको अन्तको लागि कहिलेसम्म विदेशमा रहेका नेपालीको भर पर्ने ?