अमेरिकाले नेपाललाई १५ लाख डोज खोप पठाउँदै

अमेरिका । अमेरिकाले नेपालका लागि १५ लाख डोज कोरोनाविरुद्धको खोप पठाउँदैछ । 

ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको खोप नेपालमा र पाँच लाख डोज मोडेर्ना खोप भुटानलाई दिन लागेको जनाएको हो । 

बाइडेन प्रशासनले अमेरिकाले बनाएको ८ करोड डोज कोरोनाविरुद्धको खोप विश्वव्यापीरूपमा उपलब्ध गराउने जनाएको थियो । सोहीअनुसार सो परिमाणमा नेपाललाई खोप उपलब्ध गराइएको हो । 

खोपको आपूर्तिमा हुने असमानता र विभेद न्यूनीकरण गर्न सहायता घोषणा गरिएको थियो ।