गढवा गाउँपालिकाका केही घर डुबानमा

दाङ । दाङको गढवा गाउँपालिकाका केही घर डुबानमा परेका छन् । लगातार परेकाे पानीका कारण गढवा गाउँपालिका वडा नम्बर ५ काे मघरी र लालपुर गाउँ डुबानमा परेकाे छ। २५ घर डुबानमा परेकाे स्थानीय किरण पाैडलले जानकारी दिए। भालदाेन्द्रे खाेलाकाे पानी बस्तीमा पस्दा डुबानमा परेकाे हाे।

सिठा र माटाेबाट बनेका घरहरुका भित्ता भत्किएका छन्। मघरी जाने बाटाे नजिक पक्की नाली बनाइएको छ। नालीले पानी निकास थुनिएकाेले डुबान भएको पाैडेलले बताए।