ओली रेड कार्ड खाएर बालकोट गए : मीन बिक

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली ‘रेड कार्ड’ खाएर बालुवाटारबाट बालकोट गएका छन् भनी नेपाली कांग्रेसका नेता तथा सांसद मिन बहादुर विश्वकर्माले बताएका छन् । ओलीले सुरुदेखि नै संविधानको घोडा चढी सरकार सञ्चालन गरेको उनको टिप्पणी थियो ।


आफूहरुले मुलुक र व्यवस्था बचाउनको लागि रिट दर्ता गरेको र सर्वोच्च अदालतले सोहीअनुसार फैसला गरेको विश्वकर्माको भनाई छ । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘केपी ओली त रेड कार्ड खाएर बालकोट जानुभयो, अब म्याच खेल्न पाउनुहुन्न ।’


उनले ५ दलको गठबन्धन कायमै रहने पनि विश्वास दिलाए । उनले माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विश्वास दिलाएको पनि सुनाए । उनले भने,‘उहाँले यो संसदको पूर्ण आयु कायम गर्नुपर्छ भन्नुभएको छ । यो सरकार १६ महिना नै चल्छ ।’ उनले प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्ने पनि दाबी गरे । उनले प्रधानमन्त्री देउवासँग समन्वयकारी भूमिका खेल्ने स्वभाव भएकोले अहिले पनि सबैलाई मिलाएर लैजाने बताए ।