शुक्रबारको बैठकमा जाने नजाने अन्योलमै माधव समूह


काठमाडाैं । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिइएको छ । 

बैठक बारेको जानकारी नेपाल समूहलाई पनि दिइएको छ । शुक्रबारको बैठकमा जाने कि नजाने भन्ने बारे नेपाल समूहले टुंगो लगाइसकेको छैन। 

नेपाल समूहका नेता घनश्याम भुसालले संसदीय दलको बैठकबारे आफूहरुलाई जानकारी आएको बताएका छन् । 

‘संसदीय दलको बैठक भनेर खबर आएको छ । हामी अहिले एउटा विशेष अवस्थामा छौं जसका बारेमा लगातार छलफल गरिरहेका छौं’ भुसालले भने ।