निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं । काठमाडौ उपत्यका निषेधाज्ञा खुकुलो भएसँगै कोभिड १९ कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुासार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २८ जना कोभिड संत्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि र हाल काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।