माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रकाे संसदीय दलकाे बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ,’ यादलले बैठकपछि पत्रकारलाई जानकारी दिए ।