विश्वासको मतदान सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान सुरु भएको छ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार सदन सुरु भएको पहिलो दिनमै विश्वासको मत लिन लागेका हुन्। अहिलेसम्मको अवस्था हेर्दा सरकार टिकाउनका लागि देउवालाई चाहिने १३६ मत पुग्ने देखिएको छ।

देउवालाई उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र र जसपाले मत दिने भएको छ। भने एमालेको माधव नेपाल पक्षले मत दिने विषयमा अन्योलतामा रहेको छ। नेपाल पक्षका केही सांसद संसद भवनबाट बाहिरिएका छन्।