दुई पटक संसदको हत्या गरेका ओली संसदमा

काठमाडाैं । दुई पटकसम्म संसद विघटन गरी संसदको हत्या गरेका एमाले अध्यक्ष केपी शर्मा ओली संसदमा उपस्थित भए । आफैंले संसद नचाहिनेझैं गरेका ओली अन्ततोगत्वा संसदमा पुगेका हुन् ।

अध्यक्ष ओली प्रतिनिधिसभा बैठक हलमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि भोटिङ हुनेबेला उनी बैठक हलमा प्रवेश गरेका हुन् ।


बैठक हलमा प्रवेश गरेसँगै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हात मिलाए। यसअघि उनी बानेश्वरस्थित विपक्षी दलको नेताको कोठामै बसेका थिए ।


बैठकमा केही नेताहरुले ओलीले बैठकलाई सम्बोधन गर्ने अपेक्षा लिएपनि त्यस्तो हुन नसकेको भन्दै सम्बोधनका क्रममा बताएका थिए ।