महन्थपक्ष प्रतिपक्षीको सिटमा बसे

काठमाडौं । जसपाको महन्थ ठाकुर पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । जनता समाजवादी पार्टी पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।

अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगैको लहरमा बसेको छ ।जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली पहिलो बैठकमा अनुपस्थित रहेका छन् ।