व्यक्तिले विदेशमा उपचार गर्दा राज्यको खर्च गर्नु कानुनविपरीत : थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु कानुन विपरीत हुने बताएका छन् । उनले खनालको उपचारका लागि आर्थिक सहायता आवश्यक परे विदेशमा रहेका नेपालीले सहयोग गर्ने बताएका छन् ।

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सरकारबाट खर्च उपलब्ध नगराइने व्यवस्था रहेको भन्दै नेता थापाले अघिल्लो सरकारको कानुन विपरीत काम गरेको बताएका छन् । ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छु उनले भनेका छन् ।