नाइजेरियामा बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त

एजेन्सी । नाइजेरियामा बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त भएका छन् । नाइजेरियाको उत्तरपश्चिमी राज्य कादुनामा रहेको माध्यमिक विद्यालयबाट अपहरण परेका २८ विद्यार्थी मुक्त भएका हुन् । प्रहरी स्रोतले जनाए अनुसार विद्यार्थीलाई शनिवार राति मुक्त गरिएको हो ।

प्रहरीले बताए अनुसार मुक्त भएकाहरू परिवारको साथ पुनर्मिलनको व्यवस्था भइरहेको छ । सामान्यतया, उनीहरूकाे प्रियजनहरूसँग पुनर्मिलनपछि स्वास्थ्य उपचार गराइने पनि जलिगेले बताएका छन्।  गत जुलाई ५ मा कादुनाको बेथेल ब्याप्टिस्ट हाईस्कूलबाट अपहरणकारी विद्यार्थीहरूको ठूलो सङ्ख्यामा अज्ञात बन्दुकधारीले अपहरण गरेका थिए।

जलिगेले पीडितलाई कसरी मुक्त गरियो वा उनीहरूको रिहाइमा फिरौती पनि सङ्लग्न छ भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। बिहीबार नाइजेरियाली प्रहरीले दिएको जानकारी अनुसार शुरुमा बन्दुकधारीले अपहरण गरेका दुई विद्यार्थीलाई रिहा गरेका थिए। बाँकी २६ विद्यार्थीलाई नाइजेरियाको सेना, प्रहरी र नौसेनाको संयुक्त टोलीले सुरक्षित रूपमा बचाउन सफल भएको थियो ।