महानगरपालिका क्षेत्रभित्र ७० वटा आधुनिक पार्क निर्मार्णाधिन अवस्थामा छ : शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं ५ मा रहेको नरबुद्ध विहारको हाताभित्र निर्माण गर्न लागिएको नरबुद्ध पार्क निर्माणका लागि सिलान्यास गरेका छन् । महानगरपालिले प्रत्येक वडामा पार्क निर्माण गर्ने योजना अनुरुप वडा नं ५ मा नरबुद्ध पार्क निर्माण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन ।
महानगरपालिका क्षेत्रभित्र रहेका अतिक्रमित सार्वजनिक जग्गााको संरक्षण गर्दै खुल्ला स्थानको अभाव हुन नदिने त्यस्ता सार्वजनिक जग्गाहरुमा पार्क निर्माण गर्ने महानगरपालिकाको योजना अनुरुप नै नरबुद्ध पार्कको निर्माण हुन लागेको महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताए ।

नरबुद्ध पार्क सिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै उनले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको जानकारी दिँदै महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको समेत बताए ।

हरियाली प्रर्वद्धन समेतलाई मध्यनजर गर्दै पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको छौँ,’ प्रमुख विद्यास्ुन्दर शाक्यको भनाई थियो । शाक्यले भने, ‘बनाउने जिम्मा हामी लिन्छौँ, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो । हामी काठमाडौँ महानगरलाई सुन्दर बनाउने अभियानमा छौँ ।’