कांग्रेस केन्द्रीय कार्यालयमा जिल्‍ला सभापतिहरूले धर्ना दिने


काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आफ्नै जिल्ला सभापतिहरुल धर्ना दिने भएका छन् । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा जिल्लाको नेतृत्वका लागि सभापतिको उम्मेदवारका लागि दुई किसिमको नीति बनाइएको भन्दै त्यसको विरोध स्वरुप सवै जिल्लामा सभापतिहरुले केन्द्रीय कार्यालयमा धर्ना दिन लागेका हुन् ।कांग्रेसले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गरेको छ भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा भने महाधिवेशन प्रतिनिधिमध्येबाट नै जिल्ला सभापति चयन हुनेगरी निर्देशिका बनाइएको छ ।

कांग्रेसले १४औं महाधिवेशनको नयाँ कार्यतालिका अनुसार भाद्र १८ बाट गाउँ तथा नगर अधिवेशन सुरु हुनेछ । कांग्रेसले सोमबार अबेर मात्रै क्रियाशील सदस्यता विवाद टु‌ग्याएको थियो । केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।