बेलायतले दिएको १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आइपुग्यो नेपाल

काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग स्वरूप दिने भएको १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप नेपालले प्राप्त गरेको छ ।

बेलायतले नेपाललाई उपलब्ध गराएको १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुगेको हो ।

आजै सो खोप नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले हस्तान्तरण गरेकी हुन् ।

काठमाडौं एयरपोर्टमा राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलाई खोप हस्तान्तरण गरेकी थिइन् ।