भारतको असममा अज्ञात समूहले गर्यो सातवटा ट्रकमा आगजनी

भारत । भारतको असममा पर्ने दिमा हसाओ जिल्लास्थित दियुंगबरानजिक अज्ञात समूहले सातवटा ट्रकमा आगजनी गरेका छन्। यीमध्ये पाँचवटा ट्रकका चालकको जलेर मृत्यु भएको छ। 

रिपोर्टअनुसार आगजनी पहिले धेरैपटक फायरिङ गरिएको थियो। भारतका सञ्चार माध्यमहरूले बताए अनुसार प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।