यस्तो छ रुपन्देहीको घोडाहा खोलाको भासिएको पुल

रुपन्देही । लगातारको वर्षाले रुपन्देहीको खोलाको पुल ध्वस्त भएको छ ।

रातभर परेको पानीले रुपन्देहीको देवदह–९, घोडाहा खोलाको पुल भासिएको हो ।

जसका कारण बुटवलबाट पूर्व गइरहेका तथा पश्चिम आइरहेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।