भारतीय वायु सेनाको विमानलाई तालिबानले लगायो उड्न रोक


अफगानिस्तान । भारतीय नागरिकको उद्धारका खातिर काबुल गएको भारतीय वायु सेनाको विमानलाई तालिबानले उड्न रोक लगाइदिएको छ । यसअघि भारतको मोदी सरकारले तालिबानको विरोध गरेको थियो ।

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय वायु सेनाको एक विशेष विमानलाई उड्न नदिइएको खबर सार्वजनिक भएपछि यस्तो खुलासा भएको हो । 

तालिबानको कब्जापछि असुरक्षित बनेका आफ्ना नागरिक लिन काबुलको हामिद कारजाई विमानस्थल पुगेको भारतीय वायु सेनाको विशेष विमानलाई त्यहाँबाट आउन नदिइएको हो।