कुखुरा फार्ममा आगलागी, दश लाख बराबरको क्षति

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मा रहेकाे संगीता कृषि फर्ममा  गएराति दुई बजे आगलागी हुँदा लाखाैँ रुपैयाँ बराबरकाे क्षति भएको छ ।

संगीता कृषि फर्ममा राति अचानक घुरबाट आगलागी हुँदा दुईवटा घर, एक हजार दुई सय कुखुरा, पानी तान्ने मोटर १ थान,भवलेटर १ थान, पंखा १२ थान, कुखुराका दाना, ६० हजार नगद लगायत दश लाख रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ  ।

आगलागी हुँदा बाटो नभएका कारण आगो निभाउन दमकल आउन नसकेको फर्मका सञ्चालक चन्द्रभुषनकुमार सिंहले बताए ।