पूर्व प्रधानमन्त्री झलनाथ खनाल भोलि काठमाडाैं फर्किने

काठमाडाैं । उपचारका लागि विगत तीन महिनादेखि दिल्लीमा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल भोलि काठमाडाैं फर्किने भएका छन् ।

उनी भोलि अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका हुन् ।  मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए । 

 भारतमा उपचारका लागि प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका उनले भदौँ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए । 

औपचारिक रुपमा पार्टी विभाजनको अघिल्लो चन्द्रागिरीमा बसेको माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।