भारतमा थपिए एकैदिन ४३ हजार ३८१ संक्रमित

एजेन्सी । भारतमा थप ४३ हजार ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ३७ हजार ५६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार २१३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५२७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ३८७ पुगेको छ ।