विश्वकप फुटबल छनोट खेलमा इंग्ल्यान्डको अविजित यात्रा


एजेन्सी । विश्वकप फुटबल छनोट खेलमा इंग्ल्यान्डले लगातार आफ्नो जित जारी राखेको छ। 

बिहीबार भएको खेलमा पनि इंग्ल्यान्डले हंगेरीलाई ४–० गोलअन्तरले हराएको हो। समूह आईमा रहेको इंग्ल्यान्डले अहिलेसम्म खेलेका चारवटै खेलमा जित हासिल गरेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा इंग्ल्यान्डले हंगरीविरुद्ध एकोाहोरो गोल हानेको थियो। राहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र डेक्लन राइसको गोलबाट इंग्ल्यान्ड बिहीबारको खेलमा विजयी भएको हो। योसँगै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाउन सफल भएको छ। 

यस्तै अर्काे खेलमा समूहको दोस्रो स्थानमा रहेको पोल्यान्डले अल्बानियालाई ४–१ गोलले हराएको छ।  बिहीबारै भएकाे खेलमा स्विडेनले स्पेनलाई २–१ ले हराएको छ। विश्वकप फुटबलेको छनोट खेलमा स्पेन सन् १९९३ यता पहिलोपटक हारेको हो।  जितसँगै समूह बीमा स्पेनलाई उछिन्दै स्विडेन शीर्ष स्थानमा उक्लिएको छ।