विप्लवको पार्टी प्रवक्ता प्रकाण्डले किन भेटे गृहमन्त्रीलाई ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच शुक्रबार भेटवार्ता भएको छ ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको जनाइएको छ ।

यस अघि प्रकाण्डले आफूहरुसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका थिए ।