पछिल्लो चौबिस घण्टामा निको भए १ हजार ५ सय ३४ जना संक्रमित


काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर थप एक हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कूल ७ हजार ९७१ जनाको परिक्षण गर्दा उनीहरुमा संक्रमण भएको पाइएको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ । 

हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार २४८ रहेको मन्त्रालयले जनाएको छ । बितेको चौबिस घण्टामा १ हजार ५३४ जना संक्रमित निको भएका छन् ।